नियन्त्रणमा आयो सिभिल होम्समा लागेको आगो

काठमाडौं। ललितपुरको सुनाकोठीस्थित सिभिल होम्सको घर नम्बर ४६ मा लागेको आगो नियन्त्रणमा आएको छ।
आइतबार बिहान ललितपुर महानगरपालिका-२७ स्थित सुनाकोठीमा माथिल्लो पूजोकोठामा दियोबाट सल्किएको आगोले सुमनकुमार जोशीको घरमा आगलागी भएको ललितपुर प्रहरीका एसपी नरहरि रेग्मीले बताए।
आगो नियन्त्रणमा आइसकेको उनको भनाइ छ। आगलागीबाट बहुमूल्य सामान पनि जलेका छैनन्। पूजाकोठामा रहेका केही सामानमात्र जलेको उनले बताए। आगो नियन्त्रणका लागि ललितपुर महानगरको दमकल, नगरप्रहरीको टोली र प्रहरी परिचालन गरिएको थियो।
प्रतिक्रिया
Facebook Comment