राज्यसँग युवामैत्री नीति नहुनु मुलुककै निम्ति दुर्भाग्य : कमल थापा

डिसी नेपाल
११ फागुन २०८१ १५:४३

हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राज्यसँग कुनै किसिमको युवा मैत्री नीति नहुँदा देश अधोगतितर्फ गएको जिकिर गरेका छन् ।

“लाखौ युवाहरु विदेशका शहर र गल्लीमा भौतारिएका छन् भने स्वदेशमा भएका ठूलो संख्याका युवाहरु पनि दुर्ब्यसनको सिकार हुनु मुलुकका निम्ति दुर्भाग्य हो” -थापाले भने ।

आज हेटौंडा – ९ मा रहेको “सिआन पुनःस्थापना केन्द्र’ अबलोकन गर्दै अध्यक्ष थापाले दुर्ब्यसनमा फसेकाहरुलाई समाजमा पुनर्स्थापित गरि आत्मनिर्भर हुने र सम्मानपुर्बक जीवन यापन गर्ने परिस्थिति निर्माण गर्नु आजको प्रमुख आबश्यकता भएकोमा जोड दिए ।

दुर्ब्यसनको कुलतमा लागेकालाई नकारात्मक र अपराधको दृष्टिकोणबाट हेर्न जरुरी नभएको भन्दै उनले सकारात्मक दृष्टिका साठ सकारात्मक परिबर्तन गराउन बल गर्नु पर्ने समेत बताए ।

सिआनले पछिल्लो समय छुट्टै महिला सुधार गृह पनि संचालन गरेकोमा थापाले खुशी ब्यक्त गरे । विभिन्न प्रकारका दुर्व्यसनबाट पिडितहरुको उद्धार र पुनःस्थापनाको निम्ति सिआनले गरेको सेवा अत्यन्त प्रशंसनीय भएको
समेत थापाले बताए । कार्यक्रममा सस्थामा अध्यक्ष बिजेन्द्र अग्रवाल, मन डिसि लगायतले बोलेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *