नेपाल र म्यान्मार पहिलो हाफमा २-२ गोलको बराबरीमा

काठमाडौं । जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गतको जारी खेलमा पहिलो हाफमा नेपाल र म्यान्मारले २-२ गोलको बराबरी खेलेका छन् ।
म्यान्मारका लागि मे हटेट लूले दुवै गोल गरेकी थिइन् भने नेपालका लागि सबिता राना मगर र सावित्रा भण्डारी साम्बाले एक एक गोल गरेका थिए ।
नेपालले दुवै पटक एक गोलले पछि परेको अवस्थामा कमब्याक गर्दै खेल बराबरी गरेको थियो ।
फाइनलमा पुगिसकेका नेपाल र म्यान्मारबीचको यो खेल दुवैका लागि फाइनल अघिको रिहर्सल खेल हुने भएको छ ।
प्रतिक्रिया
Facebook Comment