शंकर पोखरेलको चिन्ता- सोसल मिडियामा घृणा, आक्रोश र गालिगलौचको अपसंस्कृति भित्रियो

डिसी नेपाल
१२ फागुन २०८१ १०:२०

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय नेपाली समाजमा खासगरि सोसल मिडियामा घृणा, आक्रोश र गालिगलौचको अपसंस्कृति भित्रिएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

उनले यस्तो अपसंस्कृति कायम रहने हो भने जो नेता भएपनि र जस्तो शासन व्यवस्था आएपनि देश र समाजको अधपनलाई कसैले पनि रोक्न नसक्ने ठोकुवा गरेका छन्।

उनले लेखेका छन्-

आजभोली नेपाली समाजमा विशेषगरी सामाजिक संजालमा जुन प्रकारको घृणा, आक्रोस र गालिगलौचको अपसंस्कृति भित्रिएको छ, यो कायम रहने हो भने जो नेता भएपनि जस्तो शासन व्यवस्था आएपनि देश र समाजको अधपनलाई कसैले रोक्न सक्तैन । कुनै पनि देशको विकास र समृद्धिका लागि नेतृत्व प्रतिको भरोसा र भविष्यप्रतिको आशावादीता तथा काम गर्नसक्नेलाई समर्थन र प्रोत्साहनको वातावरण चाहिन्छ । सबै उस्तैहुन् भन्ने भावनाले समाजलाई फगत निरासातर्फ मात्र धकेल्दछ। समाजको नेतृत्व गर्न चाहने व्यक्ति, समुह र राजनीतिक दलहरु यस्ताकुरामा गम्भीर हुनु पर्दछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *