कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

डिसी नेपाल
१२ फागुन २०८१ ११:२५

काठमाडौं। कुमारी बैंकले आफनो संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा गर्ने भएको छ । बैंकले ४५ लाख ४६ हजार ३८ कित्ता संस्थापक सेर बिक्री गर्न लागेको हो । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन्।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (फागुन १२ गते) बाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आवेदन दिनु पर्नेछ।

सेयर भाउ भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ। उक्त समयमा हाल कायम संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *