च्याम्पियन्स ट्रफीमा भारत भर्सेज पाकिस्तान : हारजितभन्दा बढी हार्दिकको घडीको चर्चा

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को सबैभन्दा ठूलो ब्लकबस्टर खेलमा भारतका स्टार खेलाडी हार्दिक पाण्ड्याले पाकिस्तान विरुद्ध उत्कृष्ट बलिङ गरे।
भारतका लागि हार्दिकले ८ ओभरमा मात्र ३१ रन दिएर २ विकेट लिए। तर, उनको बलिङभन्दा बढी उनको नाडीमा बाँधिएको घडीको बारेमा चर्चा भयो, जसको मूल्य करोडौंमा रहेको बताइएको छ।
हार्दिक पाण्ड्याले पाकिस्तान विरुद्ध लगाएको घडी रिचर्ड मिलको राफेल नाडाल स्केलेटन डायल संस्करण हो। यो घडीको मूल्यको कुरा गर्ने हो भने नेपाली मुद्रामा लगभग ११ करोड रुपैयाँ पर्ने बताइएको छ।
महंगा घडीहरूको अनलाइन व्यापार गर्ने वेबसाइट माइ वाचसाइटका अनुसार यो घडीको मूल्य ७ लाख ७७ हजार रूपैयाँ पर्छ । यो नेपाली रूपैयाँमा आजको विनिमय दरअनुसार ११ करोड २३ लाख रूपैयाँभन्दा बढी हुन्छ ।
हार्दिक पाण्ड्याले यति महँगो घडी लगाएको यो पहिलो पटक भने होइन। यही कारणले गर्दा फ्यानहरूले हार्दिक पाण्ड्याको घडी स्क्रिनमा देख्ने बित्तिकै यसको मूल्य बारे जान्न उत्सुकता बढेर यसबारे खोजी गरेका थिए ।
Facebook Comment