सालकको खपेटासहित चार जना पक्राउ

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–५ चामुण्डाचोकबाट सालकको खपेटा ८ किलो ५ सय ग्राम सहित ४ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सर्लाही बरहथवा नगरपालिका–९ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी बस्ने ४८ वर्षीय कुवेर बहादुर स्याङ्तान, नुवाकोट बेलकोटगढी नगरपालिका–५ घर भई ललितपुर महालक्ष्मी नगरपालिका(७ बस्ने ४० वर्षीय सन्त बहादुर गुरूङ, ओखलढुंगा मोलुङ गाउँपालिका-६ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–५ थली बस्ने २८ वर्षीय राजु विश्वकर्मा र सुनसरी धरान उपमहानगरपालिका–१५ घर भई काठमाडौं महानगरपालिका–२६ नयाँबसपार्क बस्ने ४२ वर्षीय मदन राई रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त खपेटा सहित पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तिसार काठमाडौं पठाइएको छ ।
Facebook Comment