युनिटी जर्नलको छैटौँ संस्करण विमोचन

डिसी नेपाल
१२ फागुन २०८१ २३:१६

काठमाडौं। नेपाली सेना स्थापनाको २६२औँ वार्षिक उत्सवका अवसरमा नेपाली सेनाद्वारा आयोजित खुला सामरिक लेख/रचना प्रतियोगिता–२०८१ मा छानिएका रचनाहरूको सँगालो युनिटी जर्नलको छैटौँ संस्करण विमोचन गरिएको छ।

प्रधान सेनापति अशोकराज सिग्देलले आज विमोचन गरेको जर्नलमा राष्ट्रिय, क्षेत्रीय र अन्तरराष्ट्रिय महत्वका सामरिक विषयमा आधारित उत्कृष्ट लेख रचनालाई समावेश गरी प्रकाशन गरिएको हो। खुला सामरिक लेख/रचना प्रतियोगिता–२०८१ मा प्रथम, द्वितीय र तृतीय हुनुहुने लेखकहरू क्रमशः सहायक रथी माधव थापा, महासेनानी ईश्वर बुढाथोकी र सन्तोष बुढाथोकीलाई प्रधान सेनापति सिग्देलले जंगी अड्डामा आयोजित समारोहमा नगद पुरस्कार तथा कदर पत्र प्रदान गरे।

कार्यक्रममा प्रधान सेनापतिले उक्त जर्नलका मूल्यांकन तथा सम्पादक मण्डलका सदस्यहरूका साथै लेखकहरूलाई कदर पत्र प्रदान गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *