अमिर खानको एक फिल्म, जो स्विट्जरल्याण्डमा ८ महिनासम्म हाउसफूल चल्यो

मुम्बइ । आमिर खान उत्कृष्ट फिल्मका लागि बलिउडसहित विश्वभरी नै परिचित छन् । केही समययता अभिनयको दुनियाँमा सक्रिय नभए पनि उनी चलचित्र निर्माण गर्ने भएकाले निर्माताका रुपमा भने सक्रिय नै रहेका छन् ।
केही समयअघि उनले निर्माण गरेको फिल्म ‘लाप्ता लेडीज’ ओस्कारका लागि पठाइएको थियो तर फिल्मले अवार्ड पाउन नसकेर दौडबाट बाहिरिएको थियो ।
आमिरको ‘लगान’ पनि ओस्कारका लागि पठाइयो तर यो फिल्म पनि अवार्ड जित्नबाट चुकेको थियो । योसँगै दुइ दुइ फिल्म ओस्कारका लागि सिफारिस भइसकेको छ । एेतिहासिक चलचित्र ‘लगान’ को बारेमा धेरै कथाहरु मिडियामा घुमिरहन्छन् तर हालै एक कुराकानीको क्रममा आमिर खानले स्विट्जरल्याण्डमा यस फिल्मसँग सम्बन्धित एउटा घटना सुनाएका छन् ।
आमिर खान हालै एबीपी नेटवर्कको एक कार्यक्रममा सहभागी भएका थिए । यस कार्यक्रममा उनले स्विट्जरल्याण्डको करसँग सम्बन्धित एउटा किस्सा सुनाएका थिए । खासमा अमिरको ‘लगान’ करिब ६.८ महिनादेखि युरोपको एक थिएटरमा ननस्टप प्रदर्शन भइरहेको र त्यो पनि शोहरू हाउसफुल भइरहेको दृश्यका बारेमा बताएका छन् ।
उनका अनुसार जब उनी थिएटर पुगे, भीडले उनलाई निकैवेर घेरिरहयो र सिनेमा हल भित्रको दृश्य हेर्न लायक थियो। आमिर खानले अगाडी भने, ‘म स्विजरल्याण्डमा थिएँ र यो फिल्म त्यहाँ ६ महिनादेखि चलिरहेको रहेछ, म त्यही क्षेत्रमा सुटिङ गरिरहेको थिएँ र वितरकले मलाई थिएटरमा आएर उपस्थित भइदिन अनुरोध गरे किनभने त्यहाँ सो फिल्म ६–८ महिना देखी निरन्तर चलिरहेको थियो । जब म थिएटर गएँ र शो हाउसफुल थियो। बाहिर जति दर्शक थिए, त्यति नै भित्र थिए ।’
त्यहाँ मैले उनीहरूलाई भेटेंका थिए । स्क्रिनिङ सुरु भयो र त्यसपछि म प्रोजेक्शन कोठामा गएँ। त्यसपछि प्रक्षेपणकर्ताले मलाई भने, ‘म यहाँ काम गर्न लागेको र आएको २५ वर्षमा धेरै स्थानीय स्टारहरू देखेको छु। म यहाँ आएको नै ३० वर्ष भयो । धेरै अमेरिकी र युरोपेली फिल्महरू यहाँ देखाइएका छन्, तर मैले आजसम्म यस्तो प्रतिक्रिया देखेको छैन।’
आमिर खानले भने, ‘किनभने मलाई कुरेर बसिरहेकाहरूको बाहिर धेरै भीड लागेको थियो । त्यो प्रोजेक्शनिस्टले थप भने, ‘जब मैले यो फिल्म यहाँ देखाउन थाले, पहिलो पटक त मलाई केहि गडबड भएको महसुस भयो किनकि हलभित्रबाट दर्शकको आवाज आइरहेको थियो। त्यसैले मानिसहरूले यति धेरै चिच्याएको मैले कहिल्यै सुनेको छैन, हाँस्ने र ताली बजाउने र यो सबै युरोपेली दर्शकहरू थिए।’
अमिरलाइ उनले अगाडी यो पनि भने कि , ‘मेरो करियरको यो पहिलो फिल्म हो, जसमा पर्दामा जति कोलाहल छ, त्यति नै दर्शकले चिच्याइरहेका छन् । उनले यस्तो प्रतिक्रिया यसअघि कहिल्यै नदेखेको बताएको उनले सुनाए ।
Facebook Comment