जेलेन्स्कीले भने- ‘हामी यस वर्ष युद्ध अन्त्य गर्न सक्छौं’

डिसी नेपाल
१३ फागुन २०८१ १०:५९

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेन र रुसबीच जारी युद्ध यसै वर्ष अन्त्य हुन सक्ने आशा व्यक्त गरेका छन्।

“हामीलाई आशा छ कि हामी यस वर्ष युद्ध अन्त्य गर्न सक्छौं,” जेलेन्स्कीले भने। उनले यो सम्पूर्ण देशको लागि “धेरै गाह्रो” भएको बताए ।

जेलेन्स्की भन्छन् कि युक्रेनलाई आगामी वर्षहरूमा रुसलाई रोक्न सुरक्षा ग्यारेन्टी चाहिन्छ।

उनले युरोपेली संघ र उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) मा सामेल हुनुले ‘धेरै मद्दत’ गर्ने बताए।

हालै जेलेन्स्कीले शान्ति वा नेटोको सदस्यता पाएमा आफू पद त्याग्न तयार रहेको बताएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *