सानिमा रिलायन्सको लाभांश घोषणा

डिसी नेपाल
१३ फागुन २०८१ ११:४५

काठमाडौं। सानिमा रिलायन्स लाइफ इन्सस्योरेन्सले लाभांश वितरण गर्ने भएको छ ।

यस कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट लाभांश वितरण गर्ने भएको हो । कम्पनीले सेयरधनीलाई १.२४८९ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद घोषणा गरेको हो ।

उक्त प्रस्ताव बिमा प्राधिकरण र यस कम्पनीको आगामी वार्षिक साधारण सभाले स्वीकृत गरेपछि सेयरधनीलाई वितरण हुनेछ । गत वर्ष कम्पनीले १८.३८११ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *