बंगालको खाडीमा भूकम्प

डिसी नेपाल
१३ फागुन २०८१ ११:५१

काठमाडौं । मंगलबार बिहान ६:१० बजे पश्चिम बंगालमा भूकम्पको झट्का महसुस गरिएको छ। भूकम्पको केन्द्रबिन्दु बंगालको खाडीमा थियो।

भूकम्पको तीव्रता रिक्टर स्केलमा ५.१ मापन गरिएको थियो। भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले एक्समा लेखेको छ ‘भूकम्पको केन्द्रबिन्दु बंगालको खाडीमा ९१ किलोमिटर गहिराइमा थियो।’

फेब्रुअरी १७ मा बिहान ५:३६ बजे दिल्ली-एनसीआरमा ४.० म्याग्निच्युडको भूकम्प गएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *