नवलपरासी पश्चिममा भएको गोलीकाण्डबारे सांसद अमरेशले मागे सरकारको जवाफ

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नवलपरासी पश्चिममा भएको गोलीकाण्डबारे सरकारको जवाफ माग गरेका छन्।
मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले सोमबार राति थारु समुदायका दुई पक्षबीच बडघरको विषयमा भएको झडपमा गाडी तोडफोड भएको र गोलीसमेत चलेको भन्दै त्यसको यथार्थ जवाफ माग गरेका हुन्।
उनले घटना अघिल्लो रातिको भए पनि किन बेलैमा त्यसलाई नियन्त्रण गर्न खोजिएन भन्दै प्रहरी प्रशासनको लापरवाहीबारे आक्रोश पोखे। झडपका क्रममा प्रहरीको गाडी जलाएको र प्रहरीले झडप रोक्न चार राउन्ड गोली फायर गरेको जानकारी सांसद सिंहले संसदलाई गराए। यस्तै सशस्त्र प्रहरीले पनि एक राउन्ड गोली फायर गरेको उनले बताए।
अहिले सरकारल प्रशसन यन्त्र, प्रहरी र सशस्त्र प्रहरीलाई निकम्मा बनाउने काम सरकारले गरेको भन्दै उनले आक्रोश पोखे। एक दुई महिनामै सहसचिव, उपसचिव सरुवा गर्ने सरकारको कामले प्रशासन पंगु बनेको उनले बताए।
Facebook Comment