अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल वर्षाले प्रभावित, अझै टस हुन सकेन

काठमाडौं। जारी आसिसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच खेल वर्षाले प्रभावित भएको छ।
पाकिस्तानको रावलपिन्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार अपराहन्न २ः४५ बजेदेखि शुरु हुनुपर्न समुह बी अन्तर्गतको यो खेल खराब मौसमका कारण अहिलेसम्म टस हुन सकेको छैन।
अहिलेसम्म टस हुननसकेपछि अब मौसममा सुधार भएर खेल भएपनि ओभर भने घट्ने भएको छ। अर्कोतर्फ खेल नभएर दुवैले अंक बाड्ने अवस्था आएमा यसले सेमिफाइनलको समीकरणलाई समेत प्रभाव पार्ने छ।
जारी प्रतियोगितामा अस्ट्रेलिया र दक्षिण अफ्रिकाले आ–आफ्नो पहिलो खेल जितेका छन्। दक्षिण अफ्रिकाले अफगानिस्तानलाई पराजित गरेको थियो भने अस्ट्रेलियाले इङल्याण्डलाई पराजित गरेको थियो।
हेड टू हेडको कुरागर्दा अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच अहिलेसम्म ११० एकदिवसीय खेल भएका छन्। जसमा दक्षिण अफ्रिकाले ५५ खेल जितेको छ भने अस्ट्रेलियाले ५१ खेल जितेको छ। जसमा ३ खेल बराबरीमा सकिएका छन् भने एक खेलको नतिजा आएको थिएन।
Facebook Comment