चुनावको मुखमा महाधिवेशन गराउँदा कांग्रेसलाई घाटा हुन्छः शशांक कोइराला

डिसी नेपाल
१३ फागुन २०८१ २२:०६

जनकपुर। नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले २०८४ को आम निर्वाचन भन्दा २ वर्ष अगाडि महाधिवेशन गराउन नसकेमा चुनावपछि महाधिवेशन गराउनुपर्ने बताएका छन्। नेपाली कांग्रेस धनुषा जिल्ला कार्यसमितिले आयोजना गरेको महेन्द्रनारायण निधिको स्मृति दिवस कार्यक्रममा बोल्दै डा कोइरालाले चुनावको मुखमा महाधिवेशन गराउँदा कांग्रेसलाई घाटा हुने बताए।

उनले भने, ‘आम चुनावभन्द्या पहिला अधिवेशन गराएको राम्रो हो। चुनावको मुखमा अधिवेशन गराउदा तिक्तता बाँकी हुने भएकाले घाटा हुन्छ। २०८२ सालमा गराउन नसक्ने हो भने महाविधेशन २०८४ को चुनाव पछि हुनुपर्छ। चुनावको मुखमा अधिवेशन गराउन हुँदैन।’

डा कोइरालाले कांग्रेसमा देखिएको ग्रुपिजम महाधिवेशनमा मात्र सिमित राख्नुपर्ने बताए। उनले महाअधिवेशनसँग ग्रुपिजम पनि समाप्त हुनुपर्नेमा जोड दिए। कोइरालाले भने, ‘पहिला देखि ग्रुपिजम थियो। यो गिरिजाप्रसादको ग्रुप यो किसुनजीको यो कोइरालाको यो देउवा, रामचन्द्रको हुँदा हुँदा प्रकाशमानको ग्रुप अहिले शशांकको पनि भन्न थालेका छन्। यो गर्न हुँदैन।’

पूर्वमहामन्त्री कोइरालाले नेपाली कांग्रेस सबैभन्दा गतिशिल र चलायमान पार्टी भएको बताउँदै अहिले मुलुकमा भएको सवै विकास कांग्रेसका कारण भएको दावी गरे। कोइरालाले कांग्रेसले आफूले गरेका काम जनतालाई भन्न सकेका नसकेको भन्दै अब कांग्रेसले ५ वर्षको यो १० वर्षको सोच हो भनेर जनतालाई भन्नुपर्ने बताए। उनले भने, ‘अहिले सबैका हात हातमा मोबाईल छ यसमा कांग्रेसको योगदान हो। एउटा मेडिकल कलेज थियो। अहिले २० वटा पुगे। १ विश्वविद्यालय थियो आज २० वटा पुगे। मोटर बाटोको अवस्था हेर्नुस हिजो ७ हजार किलोमिटर थियो। आज २ लाख किलोमिटर पुग्यो।’

कोइरालाले कांग्रेसले युवालाई आर्कषण गराउने खालका काम गर्नुपर्नेमा जोड दिँदै ६० प्रतिशत जनसंख्या ४० वर्ष मुनिका युवाहरु मध्ये कांग्रेसको केन्द्रीय समितिमा १ जना युवा पनि नभएको गुनासो गरे। उनले भने,‘६० प्रतिशत जनसंख्या ४० वर्ष मुनीका मान्छे छन्। तर हाम्रो पार्टीको केन्द्रीय समितिमा ४० वर्ष मुनीको एक जना पनि छैन्। युवाहरुलाई अवसर दिएको खै अनि कसरी कांग्रेसमा युवाको आर्कषण बढ्छ। हामीले ४० वर्ष मुनिका युवालाई भविश्य देखाइदिन सक्नुपर्छ। नत्र भश्वियको खोजीमा विदेशिएका छन्।’

कोइरालाले सुशाशन दिएर जनताको काम छिटो छरितो ढंगले हुने संरचना बनाएर युवाहरूमा आशा भर्नुपर्ने बताए। उनले, ‘सरकारमा गएपछि, मन्त्री बनेपछि युवालाई आशा जगाउने काम गर्न सक्नुपर्छ। हाम्रो १७ लाख हेक्टर खेतीयोग्य जमिन छ। यो खेतीले ३० करोड जनतालाई खुवाउन सक्छ। तर आज खेत बाझो छ। युवा पलायन छन्। योजना आयोग छ योजना आयोगको काम नै छैन्।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *