दिल्लीमा चुनाब हारेका केजरीवाललाई राज्यसभा सांसद बनाउने तयारी

डिसी नेपाल
१४ फागुन २०८१ १६:२४

काठमाडौं । दिल्लीको आफ्नो सिटबाट विधानसभा चुनाब हारेका आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवाललाई राज्यसभामा सांसद बनाउने तयारी गरिएको छ ।

आम आदमी पार्टीले पंजाब विधानसभामा विधायक गुरप्रीत गोगीको मृत्युपछि खाली भएको लुधियाना पश्चिम सिटको उपचुनावका लागि राज्यसभा सदस्य तथा प्रख्यात उद्योगपति संजीव अरोरालाई उम्मेदवार बनाएको छ।

अरोरालाई उम्मेदवार बनाएर आम आदमी पार्टीले केजरीवालका लागि राज्यसभा जाने बाटो खोलेको चर्चा छ । अहिले राज्यसभा सदस्य रहेका अरोरा विधानसभा चुनाब लड्ने भएपछि उनले राज्यसभा सांसदको पद छोड्नुपर्ने हुन्छ ।

अरोराले राजीनामा दिएपछि खाली हुने राज्यसभा सदस्यको सिटमा उपचुनाबमा पार्टीले केजरीवाललाई उम्मेदवार बनाउन लागेको दाबी गरिएको छ । निर्वाचन आयोगले अहिलेसम्म यो सिटमा चुनावको घोषणा गरेको छैन, तर आम आदमी पार्टीले उनलाई आफ्नो उम्मेदवार घोषणा गरेको छ।

यद्यपि, संजीव अरोराले चुनाव लड्नु अघि वा उपचुनाव जितेपछि राज्यसभा सदस्य पदबाट राजीनामा दिनेछन् भन्ने कुरा अझै स्पष्ट छैन तर आगामी दिनमा आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवाललाई राज्यसभामा पठाउने बाटो खुल्ने निश्चित छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *