अफगानिस्तानले इङ्ल्याण्डलाई दियो ३२६ रनको लक्ष्य, जद्रानले बनाए १७७ रन

डिसी नेपाल
१४ फागुन २०८१ १८:४४

काठमाडौं । अफगानिस्तानले इङ्ल्याण्डलाई ३२६ रनको लक्ष्य दिएको छ। जारी च्याम्पियन्स ट्रफी अन्तर्गत समूह बी को खेलमा अफगानिस्तानले इङल्याण्डलाई ३२६ रनको लक्ष्य दिएको हो।

टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ७ विकेट गुमाउँदै ३२५ रन बनाएको हो।

अफगानिस्तानका लागि इब्राहिम जद्रानले सर्बाधिक १७७ रन बनाएका थिए। जद्रानले १४६ बल खेल्दै १२ चौका र ६ छक्का सहित १७७ रन प्रहार गरेका थिए।

त्यस्तै अज्मतुल्लाह ओमारजाईले ४१ तथा मोहमाब नवी र कप्तान हशमतुल्लाह शाहिदीले ४०-४० रन बनाएका थिए।

त्यसैगरी इङ्ल्याण्डका बलर जोफ्रा आर्चरले ३, लियाम लिभङ स्टोनले २ तथा जामी ओभरटन र अदिल राशिदले एक एक विकेट लिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *