फिल्म ‘मायावी’लाई दर्शकको उत्साहजनक साथ

डिसी नेपाल
१४ फागुन २०८१ १९:१३

काठमाडौं । आज (बुधबार)देखि रिलिजमा आएको फिल्म ‘मायावी’ले बिहानैबाट दर्शकको उत्साहजनक साथ पाइरहेको छ।

फिल्मका मुख्य अभिनेता पल शाह ‘मोहर’ फिल्मको छायांकनका क्रममा रोल्पा पुगेकाले फिल्मको प्रीमियरमा उपस्थित हुन सकेका थिएनन्। आज भने बिहानै देखि पल शाह काठमाडौंका हलहरुमा पुगेर प्रतिक्रिया लिइरहेका छन्।

फिल्म हेरेका अधिकांश दर्शकहरुले कथावस्तु, प्रस्तुति र कलाकारहरुको अभिनयले आफूहरुको मन छोएको कारण भावुक बनेको बताए भने केहीले फिल्मको पहिलो भन्दा पनि बढि दोस्रो पार्टले बढि मन छोएको बताए।

अभिनेता शाहले फिल्म प्रदर्शनमा आएको पहिलो दिनमा नै उत्साहजनक उपस्थिति भएको भन्दै दर्शकलाई धन्यवाद दिए।

उनले भने,‘पहिलो दिनको यो उत्साह जनक उपस्थितिको लागि एकदमै मुरीमुरी धन्यवाद सम्पुर्ण दर्शकहरुलाई।’

यस्तै अभिनेत्री दिपिका प्रसाईले पनि धेरै वर्ष पछि धेरै राम्रो लब स्टोरीमा अधारित मायावी बनेको प्रतिक्रिया आएको भन्दै एकदमै खुसी लागेको बताइन्।

उनले भनिन्,‘यस्तो लब स्टोरी धेरै बर्ष पहिले हेरिएको थियो भन्ने प्रतिक्रिया आयो त्यसले एकदमै खुसी लागेको छ। किनभने हामीले त्यही नै भाव अडियन्सलाई बुझाउन खोजेको बुझन्नु भएछ। यही माया र साथ सपोर्टको आवश्यकता थियो त्यो पाए।’

त्यस्तै अभिनेता समिम खानले आफूहरुले माया नै मायाले भरिपुर्ण गरेर पस्केको मायावीलाई दर्शकले पनि अर्गानिक माया दिएको धारणा राखे।

उनले भने,‘यो फिल्म सबैले मन पराइदिनु भयो मायावी माया नै मायाले भरिपुर्ण गरेर पस्केका थियौ त्यसलाई मायाका साथ स्वीकार्नु भयो। यो अर्गानिक माया हो। लप्पनछप्पन केही छैन यसमा हार्ट टु हार्ट कनेन्ट भैईरहेको छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *