कटारी गोल्डकप: धरानलाई हराउँदै काठमाडौं फाइनल प्रवेश

डिसी नेपाल
१४ फागुन २०८१ २३:०८

कटारी। ‘पाँचौँ कटारी मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’मा च्याम्पियन व्बाइज क्लब काठमाडौं फाइनल प्रवेश गरेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा एनएस फुटबल क्लब धरानलाई ४–२ गोल अन्तरले पराजित गर्दै काठमाडौँ फाइनलमा प्रवेश गरेको हो।

काठमाडौंलाई फाइनलमा पुर्‍याउन जर्सी नम्बर ३ का सौराज राउतले ह्याट्रिक गरे। त्यसैगरी जर्सी नम्बर २ का सन्तोष न्योपानेले काठमाडौंका लागि एक गोल गरेपछि काठमाडौंको गोल सङ्ख्या ४ पुगेको हो पहिलो हाफ बराबरी खेलेको धरानले दोस्रो हाफको १३औँ मिनेटमा तप्पन कार्कीको गोलबाट अग्रता लिएको थियो। लगत्तै काठमाडौंका लागि सौराजले गोल गरेर खेल बराबरीमा ल्याए। त्यसपछि सौराजले पुनःगोल गर्दै २–१ अन्तरमा ल्याए। लगत्तै धरानका लागि तप्पनले नै गोल गरेर बराबरी बनाए पनि खेलको अतिरिक्त समयमा सौराज र सन्तोषले १–१ गोल गरेपछि धरानलाई काठमाडौंले ४–२ को अन्तरमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।

खेलको ‘म्यान अफ दी म्याच’ह्याट्रिक पूरा गरेका सौराज राउत घोषित भए। उनले नगद रु तीन हजारका साथमा मेडल प्राप्त गरे। बिहीबार दोस्रो सेमिफाइनलमा वीरगञ्ज युनाइटेड र सलहेस युथ क्लब सिरहाबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको विजेताले उपाधिसहित नगद रु तीन लाख हात पार्नेछ, भने उपविजेताले रु एक लाख ५० हजार प्राप्त गर्नेछ।

आठ टिमले प्रतिस्पर्धा गरेको प्रतियोगिताको फाइनल खेल यही फागुन १७ गते हुनेछ। कटारी नगरपालिकाको सहयोगमा प्रतियोगिताको आयोजना गरिएको हो।
(((




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *