बारपाक सुलिकोट गाउँपालिकाद्वारा २९ सहिद तथा बेपत्ताका परिवारलाई सम्मान

डिसी नेपाल
१४ फागुन २०८१ २३:१८

गोरखा। यहाँको बारपाक सुलिकोट गाउँपालिकाले २९ सहिद तथा बेपत्ताका परिवारलाई सम्मान गरेको छ। दश वर्षे सशस्त्र द्वन्द्वका प्रथम सहिद दिलबहादुर रम्तेलको २९औँ स्मृति दिवसका अवसरमा आज आयोजित सहिद परिवार सम्मान तथा प्रगतिशील साहित्यिक गोष्ठी एवं बलिदानी दिवस कार्यक्रममा ती परिवारलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिए।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रमआुनसार नगर रु १० हजारसहित दोसल्ला ओढाएर सम्मान गरेको बताए।

त्यस अवसरमा राज्यपक्षबाट मारिएका रम्तेलका बुबा सेते रम्तेललाई पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनले नगदसहित सम्मान गरे। कार्यक्रममा सहिदहरू कमला भट्ट, ओमबहादुर भट्ट, तलुबहादुर विक, दीपक गुरुङ, गुणनिधि देवकोटा, राजेन्द्र पनेरु, मदन गुरुङ, कृष्ण गुरुङ, कुमार बराम, रीता ढकाल, देवराज सुनार र नन्दलाल ढकालका परिवारलाई सम्मान गरिएको हो।

यस्तै, सहिदहरू आशकाजी श्रेष्ठ, इन्द्र थापा, बिमला भट्ट, प्रेम ढकाल, कौशिला तमु, मीनबहादुर घले, मीनाकुमारी तमु, भोजराज भट्ट, नन्दलाल कोइराला, नरबहादुर देवकोटा, चक्रबहादुर बराम, जोगबहादुर गुरुङ, टंकबहादुर पुलामी मगर, भीमसेन धिताल, रामप्रसाद भट्ट र शिवप्रसाद भट्टको परिवारलाई पनि सम्मान गरियो।

गाउँपालिका–८, स्थित पन्द्रुङ घर भएका सशस्त्र द्वन्द्वका प्रथम सहिद रम्तेलको सम्झनामा पन्द्रुङमा सहिद दिलबहादुर रम्तेल स्मृति पार्क एवं युद्ध सङग्रहालयसमेत निर्माण गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *