‘सानिमा फ्लेक्सि फन्ड’ मा आवेदन दिने आज अन्तिम दिन

डिसी नेपाल
१५ फागुन २०८१ ९:३१

काठमाडौं । ‘सानिमा फ्लेक्सि फन्ड’ मा आवेदन दिने आज बिहीबार अन्तिम दिन हो । सानिमा क्यापिटलले फागुन ६ गतेदेखि ‘सानिमा फ्लेक्सि फन्ड’ बिक्री खुला गरेको हो ।

लगानीकर्ताले आज कार्यालय समयभित्र उक्त कम्पनीको इकाईमा आवेदन दिन सक्नेछन् । क्यापिटलले प्रथम चरणमा सानिमा म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘सानिमा फ्लेक्सि फन्ड’ (खुलामुखी) को ४ करोड इकाई बिक्री खुला गरेको हो ।

यसमा न्यूनतम १०० इकईदेखि अधिकतम ४० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीका अनुसार दोस्रो चरणमा भने योजना व्यवस्थापकले तोकेको वितरकमार्फत निरन्तर इकाईको खरिदबिक्री हुनेछ ।

यस योजनामा प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । क्यापिटलले कुल योजनाको आकारमध्ये १४ प्रतिशत अर्थात् १ करोड ३० लाख इकाई कोष प्रवर्धक सानिमा बैंकलाई र २० लाख इकाई योजना व्यवस्थापक कम्पनी सानिमा क्यापिटललाई सुरक्षित गरी बाँकी रहेको २ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला गरेको हो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *