अष्ट्रेलियामा एएनओको शाखा गठन

डिसी नेपाल
१५ फागुन २०८१ १०:०९

सिड्सी। अष्ट्रेलियामा एशोसिएन अफ नेपाली ओरिजिन (एएनओ) को शाखा गठन भएको छ। डम्बर ढुंगेलको अध्यक्षतामा एएनओको शाखा गठन भएको हो।

नेपालका लागि अष्ट्रेलियाका राजदूत चित्रलेखा यादवको उपस्थितिमा गठन भएको शाखाको उपाध्यक्षमा दिनेश खतिवडा, महासचिव गगन विडारी, उप महासचिव राजकुमार श्रेष्ठ, कोषाध्यक्ष लिला भण्डारी रहेका छन्।

यसैगरी सदस्यहरुमा निकेश शर्मा, राम खतिवडा, युवराज शर्मा, हरि पोखरेल, खगेन्द्र आचार्य, आशिका राई, बिजय बस्नेत, सरिता ढकाल, भवानी ढकाल, पुष्प आचार्य, गोविन्द गौतम छन्।

अष्ट्रेलिया कमिटी घोषणा कार्यक्रमलाई सम्वोधन गर्दै अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले भाषा र संस्कृति जोगिए मात्रै आफूहरु जोगिने बताइन्। उनले नेपाली भाषी समुदायलाई नेपालको समृद्धिमा क्रियाशिल हुन आग्रह पनि गरिन्।

एएनओका अन्तर्राष्ट्रिय महासचिव चूडामणि भट्टराईले पुर्खेउली थाक थलो नेपाल भएर नेपाल, भुटान, वर्मा, भारतलगायत देशबाट विश्वका विभिन्न देशमा रहेका नेपालीहरुलाई एशोशियसन अफ नेपाली (एएनओ) ले समेटेको जनाए। एएनओ नेपाललाई पितृभूमि मान्ने नेपालीभाषीहरुको संस्था रहेको उनको भनाइ थियो।

कार्यक्रममा संविधान सभा सदस्य गिता वाग्ले, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, नेप्लिज जर्नालिस्ट एशोशियसन एन्जा अध्यक्ष कृष्ण तिवारी, एएनओ उपाध्यक्ष ओम गुरुङले नेपाली समुदायको एकताले नेपालको समृद्धिमा प्रवासीको भुमिकाका विषयमा प्रकाश पारेका थिए।

गत वर्ष मार्च २४ मा थाइल्याण्डको बैककमा ३२ देशका नेपालीभाषीहरुले भुटानी नेपाली मुलका अमेरिकन व्यवसायी डिल्ली अधिकारीको नेतृत्वमा एएनओ गठन गरेका थिए। यस अघि यसको शाखा वेलायत, पोर्चुगलमा गठन गरिसकिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *