प्रधानमन्त्रीद्वारा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आह्वान गरेका छन्। शुक्रबार बेलुकी ५ बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको हो।
बैठकमा पछिल्ला समसायिक राजनीतिक घटनाक्रम र सरकार सञ्चालनबारे छलफल हुने कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बताएका छन्।
संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल छन्।
कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा छन्।
प्रतिक्रिया
Facebook Comment