ज्योतिष डा. रुद्रनाथ अधिकारीका तीन म्युजिक भिडियो रिलिज

डिसी नेपाल
१६ फागुन २०८१ १८:५४

काठमाडौं । प्रसिद्ध ज्यो पण्डित डा. रुद्रनाथ अधिकारीका तीन वटा म्युजिक भिडियो एकसाथ रिलिज गरिएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रमबीच अब अति भइसक्यो, जागौं (राष्ट्र भक्ति गीत) , आमा (मातृ भक्ति गीत) र ‘आउन माया आउ मेरो हात समाउ’ (प्रेमिल गीत)का तीन भिडियो रिलिज गरिएको हो।

बरिष्ठ गीतकार राजेन्द्र थापाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा गीतकार संघका पूर्वअध्यक्ष चुडामणि रेग्मी, गीतकार एसपी कोइराला, गीतकार एवं संविधानविद् भीमार्जुन आचार्यले डा. अधिकारीका सिर्जना र सक्रियताकाबारेमा चर्चा गरेका थिए।

अधिकारीले जन्मदिनको अवसरमा एक साथ तीन भिडियो लोर्कापण कार्यक्रममा गीतकार संघका अध्यक्ष बसन्त थापाले अधिकारीले नेपाली गीत संगीतमा पुर्‍याएको योगदानको चर्चा गरेका थिए। डा. अधिकारीले रचना गरेका गीतहरूमा प्रमोद खरेल, निशान भट्टराई, स्वरुपराज आचार्य, दीपक लिम्बु, सदिक्षा कट्टेल, रोजिना बस्नेतले स्वर भरेका छन्।

शुक्रबार सार्वजनिक भएको गीतको भिडियोलाई कृष्णदेव रुपाखेतीले निर्देशन गरेका हुन्। भिडियोमा डा. अधिकारी र उनकी धर्मपत्नी लक्ष्मी अधिकारीलाई पनि देख्न पाइन्छ। आफ्ना विचार र अभिव्यक्ति राख्ने क्रममा डा. अधिकारीले आफ्नो भारतीय सेनाको सेवाकालमा पाकिस्तान र चाइनाका बोडर क्षेत्रदेखि कार्गिलको युद्धलगायत इराक, अफगानिस्तान जस्ता संसारका विभिन्न देशका युद्ध ग्रस्त क्षेत्रमा कार्य गर्दा पनि आफू सुरक्षीत र कुशल रहेको तर आफ्नै मातृभूमिको काख र आफ्नै घरमा असुरक्षित भएको र पटकपटक देशभित्रैका केही तत्व र आतंककारीबाट आफूसहित परिवारै प्रताडित हुनुपरेको पीडासमेत व्यक्त गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *