तोरणले जिते सुर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि

डिसी नेपाल
१६ फागुन २०८१ १८:५८

काठमाडौं। सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत पाँचौं प्रतियोगिता सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि तोरण विक्रम शाहीले जितेका छन्।

५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित अत्यन्त रोमाञ्चक शैलीमा निरज तामाङलाई तोरणले एक स्ट्रोकले हराए। उनले १२ वर्षपछि घरेलु टुरमा उपाधि जितेका हुन्। यसअघि सन् २०१३ मा यही प्रतियोगिताको उपाधि जितेका थिए। उनले नगद १ लाख ५० हजार प्राप्त गरे। उनको करियरको यो तेस्रो उपाधि हो।

च्याम्पियन तोरणले जतिकै ५-अन्डर ६७ स्कोर गरेका निरज समग्रमा १७-अन्डर २७१ सहित दोस्रो भए। उनले नगद १ लाख प्राप्त गरे।

नेपाल नम्वर एक एमेच्योर गल्फर सदभाव आचार्यले आज दिनकै उत्कृष्ट ७-अन्डर ६५ को स्कोर निकाले। समग्रमा १३-अन्डर २७५ सहित तेस्रो भए। यो स्कोरमा उनले एमेच्योरतर्फको उपाधि जिते। उनले राहुललाई ९ स्ट्रोकले हराए।

समग्रमा ३-अन्डर ६९ स्कोर गर्दै समग्रमा ५-अन्डर २८३ सहित सञ्जय लामा चौथो भए। प्रो तर्फ तेस्रो हुँदै उनले ७५ हजार प्राप्त गरे। एमेच्योर राहुल समग्रमा पाँचौं भए। राहुले आज २-ओभर ७४ स्कोर जोडे। समग्रमा ४-अन्डर २८४ को स्कोर निकाले। एमेच्योरतर्फ उनी दोस्रो भए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *