अस्ट्रेलिया च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा

डिसी नेपाल
१७ फागुन २०८१ ६:३७

काठमाडौं। अस्ट्रेलिया जारी च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा पुगेको छ। अफगानिस्तानविरुद्धको खेल बर्षाले रद्ध भएर एक एक अंक बाँडेपछि अस्ट्रेलिया समुह बी बाट ३ खेलमा ४ अंक बटुल्दै सेमिफाइनलमा पुगेको हो।

अफगानिस्तानले दिएको २७४ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १२.५ ओभरमा एक विकेट गुमाउदै १०९ रन बनाएको अवस्थामा बर्षाले खेल अवरुद्ध भएको थियो।

समुह बी मा अब दक्षिण अफ्रिका २ खेलमा ३ अंकसहित दोस्रो स्थानमा छ भने अफगानिस्तानको ३ खेलमा ३ अंक रहेको छ। यस समुहको सेमिफाइनलमा पुग्ने दोस्रो टिमको निर्णय शनिबार हुने दक्षिण अफ्रिका र इङल्याण्डबीचको खेल पछि लाग्ने छ।

इङल्याण्ड सेमिफाइनलको दौडबाट बाहिरीइसकेकोले  दक्षिण अफ्रीका र अफगानिस्तान मध्ये एक देश सेमिफाइनलमा पुग्ने छन्। तर दक्षिण अफ्रिकाको रनरेट राम्रो रहेकाले इङल्याण्डसँग हार भएपनि सेमिफाइनलमा पुग्ने सम्भावना कायमै रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *