बाना ट्रस्टी निर्वाचन : अध्यक्षमा परु राम थापा निर्वाचित

अमेरिका। बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) को बोर्ड अफ ट्रस्टीको निर्वाचन सम्पन्न भएको छ।
निर्वाचनमा परु राम थापा (प्रभु) अध्यक्ष पदमा निर्वाचित भएका छन। निर्वाचनमा अनुशुया श्रेष्ठ वन्त उपाध्यक्ष र सूर्योदय तिम्सिना सचिवमा निर्वाचित भएका छन्।, यसैगरी रिना केसी, जनक पौडेल, र सुशिला महत ट्रस्टी सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन्।
बाना निर्वाचित नेतृत्वलाई हार्दिक बधाई ज्ञापन गर्दै निर्वाचन समितिका अध्यक्ष सुबोध विलास पन्त, बाना ट्रष्टिका अध्यक्ष कुल आचार्य, खगेन्द्र अधिकारी लगाएतले बिजयी टिमलाई बधाई तथा शुभकामना दिएका थिए। ट्रष्टी निर्वाचन समितिको संयोजकमा बाना अध्यक्ष सुबोध बिलास पन्त रहेका थिए भने सदस्यहरुमा लक्ष्मी भारती र सागर घिमिरे रहेका थिए। सबै पदमा निर्बिरोध भएपनिअध्यक्ष पदमा भने भोटिङ भएको थियो।
११६ जना सहभागी रहेको मतदानमा ९७ मत ल्याएर परु राम थापा (प्रभु) बिजयी भएका थिए भने १९ मत ल्याएर महेन्द्र देशार उपबिजेता भएका थिए। निर्वाचन पछिीबोल्दै बिजेता तथा उपबिजेताहरुले संस्थाले नयाँ नेतृत्वको मार्गदर्शनमा समुदाय सेवामा निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका थिए।
Facebook Comment