जितपछि बार्सिलोना ला लिगाको शिर्ष स्थानमा उक्लियो

काठमाडौँ। स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले रियल सोसियडाडलाई फराकिलो अन्तरले पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा बार्सिलोनाले रियल सोसियडाडलाई ४-० गोल अन्तरले परजित गरेको हो ।
बार्सिलोनाको जित मा जेरार्ड मार्टिन, मार्क कासाडो, रोनाल्ड अराउजो र रोबेर्ट लेवानडोस्कीले एक एक गोल गरेका थिए ।
यस खेलमा खेलको १७औ मिनेटमा आरिट एलुसटोन्डोले रातो कार्ड पाएपछि रियल सोसियडाड १० खेलाडीमा सिमित भएको थियो ।
यो जितपछि बार्सिलोना ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाको २६ खेलमा ५७ अंक भएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको एटलेटिको म्याड्रिडको २६ खेलमा ५६ अंक रहेको छ भने तेस्रो स्थानमा रहेको रियल म्याड्रिडको २६ खेलमा ५४ अंक रहेको छ ।
त्यसैगरी रियल सोसियडाडको २६ खेलमा ३४ अंक रहेको छ र लिगमा नवौं स्थानमा छ ।
Facebook Comment