बलेफी हाइड्रोपावरको सेयर लिलामीमा भर्ने आज अन्तिम दिन

डिसी नेपाल
१९ फागुन २०८१ ९:४३

काठमाडौं । बलेफी हाइड्रोपावरले फागुन ५ गते सोमबार १७ लाख ९८ हजार ६५६ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको लिलामीमा आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

जसमा कम्पनीले संस्थापक समूहको ६ लाख ७६ हजार १९१, सर्वसाधारण समूहको लकइनमा रहेको ५ लाख ८ हजार ८९२ र सर्वसाधारण समूहको लकइनमा नरहेको ६ लाख १३ हजार ५७३ कित्ता सेयर लिलाममा बिक्री खुला गरेको हो । यो लिलामी सेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ ।

यसमा बिक्री प्रबन्धकको काम एनआइएमबी एस क्यापिटलले गरेकोछ । यसअघि कम्पनीले मंसिर २७ देखि पुस १७ गतेसम्म १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले अब लिलामीमा ल्याएको हो । बिक्री प्रबन्धकको कार्यालय एनआइएमबी एस क्यापिटल लाजिम्पाट काठमाडौं, चिप्लेढुँगा पोखरा, ट्राफिकचोक बुटवल, आदर्शनगर विरगञ्ज र गोल्छाचोक बिराटनगरबाट आवेदन दिन सकिनेछ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *