नेप्से परिसूचक २९ सय नाघ्यो, तीन घन्टामै ६ अर्बको कारोबार

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६ महिनापछि २९ सय विन्दुमा पुगेको छ। साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक २१ अंकले बढेर २९११.५५ विन्दुमा पुगेको छ।
यसअघि २०७८ भदौमा र गत ०८१ भदौमा २९ सय पुगेको थियो। मौद्रिक नीतिमा नीतिगत सुधार भएसँगै सेयर बजारमा उछाल आएको छ।
राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत असल कर्जाको प्रोभिजन दर १.१ प्रतिशतबाट १ प्रतिशतमा झरेपछि बैंकहरुको नाफा बढ्ने अनुमान गरिएको छ। जसले सुस्त रहेको बैंकको सेयर मूल्य उचालिएको छ।
कारोबार सुरु भएको तीन घन्टामै ६ अर्बमाथिको कारोबार भइसकेको छ । जलविद्युत, फाइनान्स र विकास बैंक समूहमा लगानीकर्ता झुम्मिएका छन्।
प्रतिक्रिया
Facebook Comment