‘केपी शर्मा ओली : सपना, संघर्ष र संकल्प’ पुस्तक लोकार्पित

डिसी नेपाल
१९ फागुन २०८१ १३:४१

काठमाडौं। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओली : सपना, संघर्ष र संकल्प’ पुस्तकको आज लोकार्पण भएको छ।

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले लोकतन्त्रप्राप्तिका लागि गरेको अनेक संघर्षदेखि मुलुकको समृद्धिका लागि देखाएका सपना र गरेको नेतृत्वदायी पहललाई केन्द्र राखेर सो पुस्तक तयार गरिएको हो।

पुस्तकमा प्रधानमन्त्री ओलीका सहयात्री, राजनीतिज्ञ, अर्थविद, सामाजिक व्यक्तित्वहरुका लेख-रचनासमेत समावेश गरिएको छ। सो पुस्तक अल्केमी प्रकाशनले गरेको हो।

कार्यक्रममा प्रधानमन्त्री ओली, नेकपा (एमाले) का महासचिव शंकर पोखरेललगायत सहभागी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *