केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी

काठमाडौं । मच्छिन्द्र फुटबल क्लबका डिफेन्डर सनिश श्रेष्ठ केपी ओली कप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। उनले रु एक लाखसहित यमाहा १२५ सिसीको मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन्।
यसैगरी मछिन्द्रकै विशाल श्रेष्ठ उत्कृष्ट गोलरक्षक घोषित भएका छन्। यस्तै मछिन्द्रकै स्टेफन जमाहा जाली सर्वाधिक गोलकर्ता बनेका छन्।
यस्तै त्रिभुवन आर्मी क्लबका नीराजन धामी प्रतियोगिताको उदीयमान खेलाडी बनेका छन्। उनीहरुले जनही रु ५० हजारसहित यमाहा १२५ सिसी मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा सम्पन्न फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै मछिन्द्र फुटबल क्लबले तेस्रो केपी ओली कप पुरुष फुटबल च्याम्पियनसिपमा ह्याट्रिक गरेको थियो। आज भएको फाइनल खेलमा मछिन्द्रले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो। जितसँगै मछिन्द्रले रु १५ लाख ११ हजार एक सय ११ तथा उपविजेता आर्मीले रु पाँच लाख पुरस्कार प्राप्त गरेको छ।
विजेता टोली तथा खेलाडीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओली, इटालियन फुटबल टोलीका पूर्वकप्तान तथा गोलरक्षक जियानलुइजी बुफोन, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलगायतले नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरे।
Facebook Comment