आज अर्थ र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

डिसी नेपाल
२० फागुन २०८१ ६:३१

काठमाडौं। आज संघीय संसद अन्तर्गतको अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ।

प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको बिहान ११ बजे बस्ने बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफलको कार्यसूची रहेको छ।

त्यस्तै राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको अपराहन्न १ बजे बस्ने बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा पानीजहाज कार्यालय सम्बद्ध पदाधिकारीसँग छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *