बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो?

डिसी नेपाल
२० फागुन २०८१ ११:२५

काठमाडौं। नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ।

आज सुन प्रतितोला १४ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुन प्रतितोला १ लाख ६८ हजार १ सयमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १९४० मा कारोबार भइरहेको महासंघले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *