भक्तपुरमा वृद्धको शव फेला, मकवानपुरमा युवक मृत

काठमाडौं । देशका छुट्टा छुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ।
भक्तपुरको भक्तपुर नगरपालिका-९ च्यामसिंहस्थित गरूडकुण्ड पोखरीको छेउमा सूर्यविनायक नगरपालिका-१० चित्तपोल भंगाल बस्ने ६६ वर्षीय भरत दुलाल मंगलबार मृत अवस्थामा फेला परेका छन्।
यस्तै मकवानपुरको मनहरी गाउँपालिका-६ चौकीटोल बस्ने ३८ वर्षीय सुन बहादुर थिङ आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया
Facebook Comment