अमेरिकाको कुन निर्णयलाई रूसले ‘शान्तिको लागि सबैभन्दा ठूलो योगदान’ भन्यो ?

काठमाडौं । युक्रेनलाई अमेरिकी सैन्य सहयोग रोकिएपछि रुसले प्रतिक्रिया जनाएको छ। बीबीसी रसियाका सम्पादक स्टिभ रोजेनबर्गले यस विषयमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्तासँग प्रतिक्रिया मागेका थिए ।
“यदि यो (अमेरिकी सैन्य सहायताको निलम्बन) सत्य हो भने, यसले निश्चित रूपमा युक्रेनी सरकारलाई शान्ति प्रक्रियामा सामेल हुन दबाब दिनेछ,” प्रवक्ता दिमित्री पेस्कोभले भने।
पेस्कोभका अनुसार अमेरिका युक्रेनलाई हतियार आपूर्ति गर्ने प्रमुख देश भएको छ। उनले भने, “यदि अमेरिकाले यो (सैन्य सहायता) रोक्छ भने सायद यो शान्तिको लागि सबैभन्दा ठूलो योगदान हुनेछ।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोकेका छन्।
अमेरिकाको यो कदम युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र डोनाल्ड ट्रम्प र अमेरिकी उपराष्ट्रपति जेडी भान्सबीच ह्वाइट हाउसमा भएको चर्को बहसको केही दिनपछि आएको हो।
Facebook Comment