कुलमानलाई हटाउन खोजिएको भन्दै संसदमा विपक्षीकाे आपत्ति

काठमाडाैं। नेकपा माओवादी केन्द्र लगाएत बिपक्षी दलले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन खोजिएको भन्दै आपत्ति जनाएको छ।
बुधबार प्रतिनिधिसभा बैठक सुरु हुनेबितिकै उठेर विरोध जनाउदै बिपक्षी दलले देशका लागि राम्रो गर्ने कुलमानलाई कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिँदै हटाउन खोजिएको भन्दै आपत्ति जनाएको हो। बिपक्षी दलले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले माओवादी प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका थिए।
उनले विद्युतलाई नाफामा लगिरहेको अवस्थामा कार्यसम्पादन मूल्यांकनमा शून्य अंक राखेको भन्दै आपत्ति जनाए। पाण्डेले सरकारको आफ्नै मन्त्रालयको मूल्यांकन नहेर्ने र ठीक ढंगले प्राधिकरणमा काम गरिरहेका व्यक्तिलाई शून्य अंक दिने काम उचित नभएको बताए। यस बिषयमा सरकारले सदनमा स्पष्ट पार्नुपर्ने र सभामुले आवश्यक रुलिङ गर्न उनले माग गरे।
त्यस्तै रास्वपा, राप्रपा लगाएत दलका सांसदले पनि बिद्युत क्षेत्रको बिकासमा योगदान गर्ने व्यक्तिलाई पटक पटक स्पस्टीकरण सोध्ने र कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिइ हटाउने षड्यन्त्र भइरहेको भन्दै आपत्ति जनाएका थिए।
बिपक्षी दलको विरोधपछि सभामुख घिमिरेले बिपक्षी दलले उठाएका बिषयमा सभालाई जवाफसहित जानकारी गराउन सरकारलाई रुलिङ गरे।
Facebook Comment