अर्घाखाँचीमा जिप दुर्घटना

बुटवल । अर्घाखाँचीको मालारानीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
मालारानी गाउँपालिका वडा नम्बर २ कुभिन्डेमा भएको उक्त दुर्घटनामा चालक कृष्ण लाल मरासिनीको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
बुटवलबाट मालारानी गाउँपालिका २ ढाणचौर आउँदै गरेको लु१ज ४२२६ नम्बरको जिप दुर्घटना भएको हो। दुर्घटनाको बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
Facebook Comment