ट्रम्पको ‘धन्यवाद’को जवाफमा पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले के भने ?

डिसी नेपाल
२१ फागुन २०८१ १५:५३

काठमाडौं । अफगानिस्तानमा भएको आतंकवादी हमलाको मास्टरमाइन्डलाई पक्राउ गर्न मद्दत गरेकोमा अमेरिकी राष्ट्रपति ट्रम्पले धन्यवाद दिएकोमा पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले प्रतिक्रिया दिएका छन्।

इन्स्टाग्राममा लामो पोस्टमा शाहबाज शरीफले लेखे , “म अमेरिकी राष्ट्रपति ट्रम्पलाई यस क्षेत्रभरि आतंकवाद विरोधी प्रयासहरूमा पाकिस्तानको भूमिका र सहयोगको कदर गरेकोमा धन्यवाद दिन्छु।”

उनले भने ‘पाकिस्तानी सुरक्षा बलहरूले हालै शीर्ष आइएसकेपी कमाण्डर शरीफुल्लाहलाई पक्राउ गर्न सहजीकरण गरेको थियो। उनी अफगानिस्तानका नागरिक हुन्।’

पाकिस्तानी प्रधानमन्त्रीले शरीफुल्लाहलाई अफगानिस्तान-पाकिस्तान सीमामा गरिएको विशेष कारबाहीमा पक्राउ गरिएको बताए।

शाहबाज शरीफले भने ‘पाकिस्तानले आतंकवाद विरोधी अभियानमा ठूलो भूमिका खेल्दै आएको छ र अहिलेसम्म ८० हजार नागरिक र सुरक्षाकर्मी यसमा मारिएका छन्।’

उनले यस क्षेत्रमा शान्ति र स्थायित्व कायम राख्न अमेरिकासँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

यसअघि मंगलबार ट्रम्पले अमेरिकी कांग्रेस (संसद) को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेका थिए र यस क्रममा उनले पाकिस्तानलाई धन्यवाद दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *