अमेरिकी संसदको संयुक्त अधिवेशनमा ट्रम्पको सम्बोधनका १० महत्वपूर्ण बुँदाहरू

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको संसद (कांग्रेस) को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेका छन् । उनको सम्बोधन लगभग दुई घण्टा चल्यो। दोस्रो पटक अमेरिकी राष्ट्रपति बनेपछि ट्रम्पले कंग्रेसलाई सम्बोधन गरेको यो पहिलो पटक हो। उनको भाषणका मुख्य बुँदाहरू यस्ता छन्:
१. डोनाल्ड ट्रम्पले अमेरिकी आप्रवासन नीति, कर, युक्रेन र कानून व्यवस्था लगायत आफ्ना धेरै मनपर्ने विषयहरूमा बोले।
२. उनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबाट अमेरिकासँग खनिज सम्झौताको लागि तयार रहेको संकेत गर्ने पत्र प्राप्त गरेको बताए। गत हप्ता, ओभल अफिसमा दुई नेताहरू बीच चर्को बहस भएपछि अमेरिकाले युक्रेनलाई दिइने सैन्य सहायता स्थगित गरेको थियो।
३-ट्रम्पले भने – अमेरिकी अर्थतन्त्र केही कठिनाइहरूबाट गुज्रनेछ किनभने उनको प्रशासनले क्यानडा, मेक्सिको, चीन र अन्य देशहरूबाट आउने सामानहरूमा शुल्क लगाउनेछ। उनले यसलाई संक्रमणकालीन अवधि भने।
४. ट्रम्पले ग्रिनल्याण्ड अमेरिकामा सामेल हुने कुरा दोहोर्याए र उनको प्रशासनले यो कुनै न कुनै रूपमा सम्भव बनाउन कडा परिश्रम गरिरहेको बताए ।
५. ट्रम्पको भाषणको क्रममा, उपराष्ट्रपति र सभामुख सहित सबै रिपब्लिकन सदस्यहरू उभिएर ताली बजाइरहेका थिए र प्रत्येक घोषणा पछि नारा लगाइरहेका थिए । डेमोक्र्याटिक सदस्यहरू प्लेकार्डहरू लिएर विरोध गरिरहेका थिए र “मस्क स्टिल्स, सेभ भेट्रान्स, सेभ मेडिकेड्स” भन्ने नारा लगाइरहेका थिए।
ट्रम्पले भाषण सुरु गर्ने बित्तिकै विरोधमा उभिएका र आफ्नो सिटमा बस्न अस्वीकार गरेका डेमोक्र्याटिक सांसद अल ग्रीनलाई रिपब्लिकन सभामुखले सदनबाट बाहिर निकालेका थिए ।
६. ट्रम्पको भाषण सकिनुअघि नै केही डेमोक्र्याटिक सदस्यहरू सदनबाट बाहिरिए, विशेष गरी जब ट्रम्पले युक्रेनको मुद्दा उठाए।
७. ट्रम्पले अप्रिल २ देखि भारत लगायत अन्य देशहरूमा पारस्परिक भन्सार लगाउने घोषणा गरे। उनले मेक्सिको र क्यानडामा २५% कर लगाउने घोषणा गरे।
८. राष्ट्रपति चुनाव अभियानको क्रममा पेन्सिलभेनियाको बटलरमा भएको एक र्यालीमा ट्रम्पले आफूमाथि भएको आक्रमणको पनि उल्लेख गरे।
९. ट्रम्पले अमेरिकामा अण्डाको बढ्दो मूल्यको उल्लेख गर्दै मुद्रास्फीति नियन्त्रण गर्ने प्रयास गर्ने बताए।
१०. ट्रम्पकी श्रीमती र छोरीहरू र राष्ट्रपतिका नजिकका सहयोगी, अर्बपति एलन मस्क पनि सदनको कार्यवाहीको क्रममा आगन्तुक ग्यालरीमा उपस्थित थिए। यस क्रममा एलन मस्कले मंगल ग्रहमा अमेरिकी झण्डा फहराउने ट्रम्पको कुराको प्रशंसा गरे।
Facebook Comment