बाँकेको खजुरामा धार्मिक वाटिका निर्माण हुँदै

नेपालगञ्ज। बाँकेको खजुरामा धार्मिक वाटिका निर्माण गरिने भएको छ । त्यसका लागि आजदेखि धार्मिक अनुष्ठान प्रारम्भ भएको छ ।
अनुष्ठान सचिवालयका संयोजक भक्तबहादुर केसीका अनुसारस्थानीय शिवकालिका मन्दिरको एक बिघा जग्गामा वाटिका निर्माण गरिने छ । मन्दिर परिसरलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन पहिलो धार्मिक पुष्पवाटिका निर्माण गरी ज्येष्ठ नागरिकका लागि सत्सङ्गस्थल बनाउन अनुष्ठान आयोजना गरिएको हो ।
उनले नेपालगञ्ज गुलरिया हुलाकी राजमार्गको खजुराखण्डको नजिकै एक बिघा जग्गामा निर्माण प्रस्ताव गरिएको धार्मिक वाटिका विविध वनस्पति, जडीबुटी र पुष्पको अनुपम सङ्गमका रुपमा स्थापित गर्ने लक्ष्य रहेको बताए ।
यही फागुन २८ गतेसम्म सञ्चालन हुने अनुष्ठानमा सुप्रिया किशोरीले कथा वाचन गर्ने छन्। अनुष्ठान अवधिभर व्रतबन्ध, चौरासी पूजा, रुद्राभिशेषलगायत धार्मिक कार्य गरिने छ । शिवकालिका मन्दिर खजुरा क्षेत्रको प्राचीन मन्दिर हो ।
Facebook Comment