मन्दिर प्रवेशमा रोक किन ?

हरिप्रसाद सोडारी
२३ फागुन २०८१ ७:२७

मूर्तिमा ईश्वर छ, मन्दिरमा परमात्माको निबास छ, तीर्थस्थलमा परमात्माको आबास छ। ईश्वरमा विश्वास राख्ने, परमात्माप्रति श्रद्धा र भक्ति गर्न, मानवका सन्तानलाई मन्दिर जाने अधिकार छ। मन्त्रका शक्ति, ईश्वरको कृपाले मठमन्दिर भएका स्थानमा प्राकृतिक तथा दैवी विपत्ति न्यून हुन्छ।

कतिपय देवस्थलमा देवीदेवता, प्रकृति आदि आएर पूजा परिक्रमा, दर्शन गर्दछन्। गोकर्णेश्वरमन्दिरलाई हरेक १२ वर्षमा वाग्वतीले परिक्रमासहित पूजा गर्ने विश्वास छ।

तथापि विभिन्न कालखण्डमा घटेका दर्दनाक एवं दुर्भाग्यपूर्ण घटनाले केही मठमन्दिरका ढोकामा “हिन्दूहरूका लागिमात्र प्रवेश” लेख्न थालियो। झट्ट हेर्दा विभेदकारी र अतिवादजस्तो लाग्ने यी बोर्डभित्रको रहस्य बुझ्न इतिहासको अध्ययन, साधनाको रहस्य, शास्त्रको मर्मलाई कोट्याउनुपर्छ।

गुम्बाको ज्ञान, मठमन्दिरको रहस्य र मूर्तिको महत्व नबुझी प्रवेश गर्दा अनर्थ हुन, आश्चर्य लाग्न सक्छ। हनूमान्लाई बाँदर, नागलाई सर्प, नन्दीलाई गोरु, गणेशलाई हात्ती, महादेवलाई गँजडी, भैरवलाई रिसाहा देवताका रूपमा सम्झनेजस्ता गलत चिन्तनले परमात्माको बदनाम, परम्पराको दुष्प्रचार भएका छन्।

शिवलिंगलाई ॐकार परिवारले मात्र होइन हरेक नेपालीले पूज्नुपर्छ। आर्षशास्त्र, आर्यावर्तका देवीदेवता, नेपालका तीर्थस्थलहरू सबैका साझा हुन् तथापि यसका मर्मलाई भुल्न हुँदैन। आई.सी.यू.मा रहेका बुबालाई भेट्न डाक्टरको स्वीकृति एवं अस्पतालको नियम तोड्न मिल्छ र?

केही शताब्दीयता परमात्माका अवतार वा महापुरुषलाई समेत निजीकरण गरी समुदाय, क्षेत्र, वर्गको बनाउने प्रयास भएका छन्। राम, कृष्ण, बुद्ध, नानक, कबीर आदिले-‘म हिन्दूमात्रको हूँ, यो भूगोलको मात्र हूँ, यो जातिको मात्र हूँ’ भनेको पाइँदैन। पारुहाङ र सुम्निमाले ‘किरातको मात्र हूँ’ भनेको भेटिँदैन।

शिवालयका अनुष्ठान छिटो फलीभूत हुन्छन्, वेदका मन्त्रहरू तुरुन्तै सक्रिय हुन्छन्, यन्त्रहरूले द्रुत गतिमा काम गर्न थाल्दछन्, भजन र दानले परमात्मालाई प्रसन्न गराउँछन्। वैदिक, यान्त्रिक, तान्त्रिक र मिश्रित विधिले निर्मित मठमन्दिरमा आर्य विचार वा आर्यावर्तमा जन्मिएकाहरू जान पाउँछन्।

हाम्रै विधि, हाम्रै सामग्री, हाम्रै सीपद्वारा, हाम्रै भूमिमा निर्मित धार्मिक धरोहरमा जान प्राचीनकालदेखि कसैलाई प्रतिबन्ध छैन। केशर पुस्तकालयको एक हस्तलिखित पुस्तकमा बुद्धले बज्रयोगिनीको तपस्या गर्दा ईश्वरी प्रसन्न भई- “यहाँ शैवमार्गी र बौद्धमार्गी होलान्” भनिएको छ। पशुपतिलाई अक्षयतृतीयामा बुद्धको मुकुट राखेर पूजा गरिन्छ।

शिवालय शैवको मात्र होइन आर्यावर्तका धर्मानुरागीहरूको साझास्थल हो। हलेशी, मुक्तिनाथ, बुढासुब्बा, जनकपुर आदिमा ॐकार परिवारले उत्तिकै श्रद्धा र अपनत्व राखे, राख्दैछन् र राख्ने छन्।

सुल्तान शमसुद्दिनको मुसलमान सेनाले वि. सं. १४०६ मार्गकृष्ण नवमीको दिन पशुपतिमा आक्रमण गरे। यसबाट नेपाललाई आर्थिक, मानवीय क्षतिमात्रै भएन धार्मिक, सांस्कृतिक, कलाकौशल आदिमा समेत ठूलो नोक्सान हुँदा तत्काल पशुपतिमन्दिर र शिवलिंग पुनः निर्माण हुन सकेन।

वि. सं. १४१६ मा बनेपाका राजा जयसिंहरामवद्र्धनले पशुपतिमन्दिरलाई पुनः निर्माण गरे। फेरि आक्रमण भएमा तुरुन्तै यस्तो मूर्ति बनाउन नसकिने हुँदा पशुपतिमन्दिरकै गर्भगृहभित्रै अहिलेको जस्तै पञ्चमुखी शिवलिंग बनाएर गाडिएको विषयलाई योगी नरहरिनाथले मेरा प्रातःस्मरणीय गुरुदेव डा. स्वामी प्रपन्नाचार्यलाई भन्नुभएको थियो। वि.सं. १४७३ मा ज्योति मल्लले, वि.सं. १७३१ मा नृपेन्द्र मल्लले पशुपतिमन्दिरको जीर्णोद्धार गरेका थिए।

राजमहिषी ऋद्धिलक्ष्मीका आज्ञानुसार भूपालेन्द्रले वि. सं. १७५३ मा पुनः निर्माण गरे। पशुपतिलगायतका शिवालय तथा मन्दिरहरूलाई लिच्छवि र मल्लकालको मध्यान्तरसम्म सजाउन शासकसहित सबै वर्ग, वर्ण र जातका नागरिकको योगदानहरू देखिन्छन्।

पुर्खाहरूले धर्म संरक्षण वा कीर्तिका लागि बहुमूल्य धातु, रत्न आदिबाट मन्दिर निर्माण गर्दथे। मुसलमानलाई मन्दिरमा प्रशस्त सम्पत्ति हुन्छ भन्ने जानकारी भारतकै मठमन्दिरबाट थाहा भएकाले पशुपतिमाथि आक्रमण गरेका थिए।

नेपाली धर्मानुरागी भएकाले मन, वचनबाट मठमन्दिरमा लगानी गर्छन् भन्ने तथ्यलाई मुसलमानहरूले बुझेका थिए। विधर्मीहरूले मठमन्दिरको आर्थिक वैभव थाहा नपाऊन्, क्रिश्चियनलगायतका अवसरवादीहरूले टुँडाल र मूर्तिहरूको मर्मलाई अपव्याख्या नगरुन् भनी प्रवेशमा निषेध गरियो।

पश्चिमाबाट मठमन्दिरको आध्यात्मिक, बौद्धिक, वास्तुगत एवं कलाकौशलमा ठूलो नोक्शान भइरहेको छ। वि. सं. १४०६ पछि भौतिक र अभौतिक आक्रमणबाट जोगाउन “हिन्दूका लागिमात्र” भन्ने ब्यानर मठमन्दिरमा राख्न थालियो।

नेपालका इस्लाम (मुसलमान)हरूले गाईको संरक्षण र हिन्दूराष्ट्र एकीकरणमा सहयोग गरे। इस्लामको इमान्दारिता बुझेर नै पृथ्वीनारायण शाहले वनारसबाट तीन मुस्लिमयोद्धालाई वि. सं. १८००मा गोरखा ल्याए। नेपालले मुसलमानलाई हज गर्न जाने खर्च व्यवस्था गरिदिन्छ।

नेपालीपन र गौरवलाई सखाप बनाउनेहरूबाट नेपालको धर्म, इतिहास, पुरातत्व, संस्कृति, सद्भावमा आगो लगाउने काम हुँदैछ। पश्चिमाले विकासका नाममा भाङ र शिक्षाका नाममा गाँजा खुवाएका छन्, जागरणका नाममा जनजाति जन्माएका छन्, गलत इतिहास पढाएर मंगोलियन उत्पादन गरेका छन्।

अवसरवादीलाई किनेर, दुराचारीलाई पद दिएर भाँडभैलो मच्चाएका छन्। यिनीहरूलाई पशुपतिमात्र होइन नेपालमा आउन, बस्न नदिनु न्यायोचित होइन र?

मक्कामदिना, भ्याटिकनसिटीको चर्चमा के अन्य धर्मावलम्बीहरूलाई प्रवेश दिइन्छ? लज्जास्पद विषय त के छ भने पोपकहाँ एक्लै गएकी महिला बलात्कृत भएमा त्यसको जवाफदेही पोप हुँदैनन्।

पश्चिमा मुलुकले अनेकौँ भेष र भावले धेरै राष्ट्रका मौलिक संस्कृति, परम्परागत खेती, सीप, कला, समाजको जग, शिक्षाको जरो, मातृभूमिको मेरुदण्डलाई तहसनहस गरिरहेका छन्। १९ औँ शताब्दीसम्म शान्तिपूर्वक बाँचेका राष्ट्रलाई उपनिवेश बनाए।

प्रत्यक्ष शासन गर्न नसकेपछि भाषिक, सांस्कृतिक, धार्मिक, शैक्षिक, आर्थिक माध्यमद्वारा गुलाम बनाइरहेका छन्। उदाहरणका लागि बेलायतले भारत फिर्ता गरे तर आफ्नो टाउको हालेर, अङ्ग्रेजीभाषा रटाएर, विदेशी भेष पहिराएर दासत्व छोड्यो।

फुटाउन, टुटाउन र टुङ्ग्याउन अनेक नारा घोकाएर नेपालको सतीत्व र अस्तित्व लुट्न खोज्दैछन्। राष्ट्रिय विभूतिका शालिक ढलाएका छन्, उल्टो इतिहास पढाएका छन्, पर्व र परम्परालाई गलत व्याख्या गरिदिएका छन्। यिनीहरूलाई मन्दिर र नेपाल प्रवेशमा नै रोक लगाउनुपर्दैन र ?

मन्दिरनजिकै सडक, केवलकार, बिजुली, विभिन्न टावरजस्ता प्रविधि लैजान हुँदैन। भाकल बुझाउने, होटेल चलाउने, नास्तिकलाई प्रवेश दिनेजस्ता कार्यले मन्दिर जानेको संख्या बढाउला तर आध्यात्मिक लाभ र ऊर्जा दिँदैन। विदेशका उच्च पदासीन आउँदैमा धर्मको मर्मलाई बिर्सेर मन्दिर प्रवेश दिनुहुँदैन।

वि. सं. १९४८ चैत्रकृष्ण नवमीमा अङ्ग्रेजसरकारका कमाण्डर इन चीफ राहवेन् नेपाल आउँदा पशुपति दर्शन गर्न दिइएन। वि. सं. २०१७ मङ्सिरमा बर्माका तात्कालिक प्रधानमन्त्री उन नेपाल आउँदा पशुपतिको पश्चिमढोकाबाट फर्काइयो। बेलायतकी महारानी एलिजावेथ एवं भारतका संविधान निर्माता अम्बेडकर आदि वैदिक धर्मेतरका महानुभावहरूले पशुपतिमन्दिर प्रवेश गर्न पाएनन्।

यो परम्पराले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पछिल्लोकालसम्म निरन्तरता पाएको छ। अब समय र सन्दर्भ बदलिएको छ । आर्यावर्तबाहिर जन्मिएका हिन्दूलाई प्रवेश गर्न नदिनु कति जायज वा नाजायज हो समीक्षा गर्नुपर्छ। भारतका कैयौँ मन्दिरमा त्यहाँका प्रधानमन्त्री र राष्ट्रपतिलाई प्रवेश दिँदैनन् तर नेपालका राजालाई दिइन्छ।

किन कि नेपालका राजा अभिभावक मात्र होइन धर्मको प्रतिमूर्ति हो, शिरोभागको शासक हो, ईश्वरको प्रतिनिधि हो। परमात्माका लागि सबै प्राणी उत्तिकै स्नेही हुन्छन्, उनीहरू परमात्माका सन्तान हुन्। सूर्य र चन्द्रको प्रकाश, वायु र प्रकृति आदि प्रकृतिप्रदत्त उपहार सबैलाई दिएका छन्।

केही शताब्दीयता परमात्माका अवतार वा महापुरुषलाई समेत निजीकरण गरी समुदाय, क्षेत्र, वर्गको बनाउने प्रयास भएका छन्। राम, कृष्ण, बुद्ध, नानक, कबीर आदिले-‘म हिन्दूमात्रको हूँ, यो भूगोलको मात्र हूँ, यो जातिको मात्र हूँ’ भनेको पाइँदैन। पारुहाङ र सुम्निमाले ‘किरातको मात्र हूँ’ भनेको भेटिँदैन।

शिव भन्नु, विष्णु भन्नु नाम फरक भए पनि तत्व एकै हो। भाव, श्रद्धा, चिन्तन र विश्वासअनुसार भिन्न प्रकारका मूर्तिमा पूजा र उपासना गर्नु व्यक्तिगत स्वतन्त्रता एवं बुझाई हो। शैव भएर यदि वैष्णव (शालग्राम)को निन्दा गर्दछ भने चौध इन्द्रको अवधिसम्म नरकमा पर्छ।

कुलपरम्परा, व्यक्तिगत इच्छा, सम्प्रदायको मान्यताअनुसार अनेक रूपमा देवीदेवताका मूर्ति निर्माण गरियो। वैदिक सनातनधर्म सबैभन्दा उदार र प्रजातान्त्रिक भएकोले एउटै देवीदेवतालाई इष्टदेव बनाउनुपर्छ, एउटै विधि, सामग्री र मन्त्रले यही दिन एवं तिथिमा पूजा गर्नुपर्छ भन्ने कठोर बन्धन छैन। मन्त्र, तन्त्र, परम्पराअनुरूप देवीदेवतालाई अनेक रूप एवं विधिले पुज्न, बुझ्न र ग्रहण गर्न सक्छन्। यस्तो महिमालाई अपव्याख्या गर्नेलाई आर्षग्रन्थ छुन, गुम्बा र तीर्थस्थलमा जान रोक्नु धर्मको रक्षा हो।

व्यक्तिविशेषले पूजा गर्दै आएका देवीदेवताको मन्दिरजस्तै कुलदेवता, पाञ्चायन देवता, इष्टदेवता आदिको पूजा, उपासना गर्ने स्थलमा सबैलाई लैजान हुँदैन। राईहरूले अगेना, ब्राम्हणले चुलो छुन नदिएझैँ नेपालका कुलदेवताको मन्दिरमा सबैलाई जान दिन हुँदैन। नेपाल र नेपालीको राष्ट्रदेव, आर्यावर्तका कुलदेवता भएकाले पशुपतिमा परचक्रीलाई प्रवेश दिन मिल्दैन। साधनास्थल, देवस्थल, तीर्थस्थलहरू रमिता र रजाई गर्ने ठाउँ होइनन्।

मन्दिरबाट ‘हिन्दूहरूका लागि मात्र प्रवेश’ भन्ने बोर्डहरू हटाएर ‘ॐकार परिवारका लागि मात्र’ भन्ने वाक्य राख्नुपर्छ। ब्रम्हाण्डनायक, सबैैका नाथ भएकाले धर्मानुरागीलाई प्रवेश दिनुपर्छ।

भूत, पिचास, भृंगी, चौसठ्ठीयोगिनी, गन्धर्व, यक्ष आदिले पशुपतिको साथमा बस्न पाउने भएकाले सनातनधर्म र तीर्थस्थललाई बदनाम नगर्ने, कला र संस्कृतिमाथि आगो नलगाउने, मूर्ति र मन्दिरको अपव्याख्या नगर्ने, अपराधिक सोच नभएकाहरूलाई प्रवेश दिनुपर्छ। यो प्रतिबन्ध ॐकार परिवारका लागि होइन, पशुपतिको श्रीविग्रहलाई नष्ट गर्ने, गुम्बा र मन्दिरका सम्पत्ति लुट्ने, चैत्य र मूर्तिको अपव्याख्या गर्नेलाई मात्र रोक्न खोजिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *