काठमाडौं महानगरले गुरागाईंलाई हाजिर नगराउने, कानुन नै सच्याउन मन्त्रालयमा पत्राचार

डिसी नेपाल
२२ फागुन २०८१ १६:३५

काठमाडौं । काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पदमा रही कार्यसम्पादनका क्रममा त्रुटिपूर्ण कार्य गरेको आरोप लागेपछि महानगरपालिकाबाटै अनुसन्धानको दायरामा तानिएका सरोजप्रसाद गुरागाईंलाई महानगरपालिकाले सोही पदमा रही काम गर्न नदिने भएको छ ।

महानगरको प्रमुख प्रशासकीय अधिकृतको रुपमा गुरागाईलाई कार्यालयमा हाजिर भइ कार्यसम्पादनका लागि सहजीकरण गरिदिन सामान्य प्रशासन मन्त्रालयले लेखेको पत्रको जवाफमा महानगरपालिकाले उनलाई हाजिर भइ काम गर्न दिन नसकिने व्यहोराको पत्र मन्त्रालयमा पठाएको छ ।

गुरागाईले आफूले महानगरमा हाजिर भइ काम गर्न नपाएकोले यस सम्बन्धमा सहजीकरण गरिदिन भन्दै मन्त्रालयमा निवेदन दिएपछि मन्त्रालयले महानगरमा पत्राचार गरेको थियो । मन्त्रालयले ‘मन्त्रीस्तरीय निर्णय’ भन्दै उनलाई हाजिर हुन दिन गरेको आग्रहलाई महानगरले ‘प्रमुखस्तरीय निर्णय’ गर्दै अस्वीकार गरेको हो ।

काठमाडौं महानगरले गुरागाईंलाई हाजिर भइ कामकाज गर्न दिएमा उनले ‘त्रुटिपूर्ण’ कार्य गरेको परियोजना लगायत अन्य कार्यहरुमा समेत नकारात्मक प्रभावका साथै कानुनी झण्झट पर्ने भएकोले सो जिम्मा लिन वा स्थानीय सरकार संचालन ऐन २०७४ नै संशोधन गर्न वा अर्को प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था नहुन्जेल निमित्त प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गर्न मन्त्रालयलाई पत्राचार गरेको छ ।

यो पनि पढ्नुहोस,

काठमाडौं महानगरमा गुरागाईंलाई नै काम गर्न दिन मन्त्रालयको पत्र




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *