नोट्टीङघमसँग हार्‍याे म्यानचेस्टर सिटी

डिसी नेपाल
२५ फागुन २०८१ ६:३०

काठमाडौं। इङलिश प्रिमियर लिग अन्तर्गत नोट्टीङघम फरेस्टले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ।

शनिबार राति सम्पन्न खेलमा नोट्टीङघमले म्यानचेस्टर सिटीलाई १-० गोल अन्तरले पराजित गरेको हो।

नोट्टीङघमको जितमा खेलको ८३ औं मिनेटमा कलुम हडसन ओडोइले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।

यो जितपछि नोट्टीङघमको २८ खेलमा ५१ अंक भएको छ र लिगमा तेस्रो स्थानमा उक्लिएको छ। त्यस्तै यो हारपछि म्यानचेस्टर सिटी २८ खेलमा ४७ अंकसहित चौथो स्थानमा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *