देउडा खेलेर हुम्लाका महिलाले मनाए अन्तरराष्ट्रिय महिला दिवस

डिसी नेपाल
२५ फागुन २०८१ ८:२७

हुम्ला। यहाँका महिलाले देउडा खेलेर एक सय १५औँ अन्तरराष्ट्रिय महिला दिवस मनाएका छन् । अदानचुली गाउँपालिकाद्वारा दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा वक्तृत्वकला प्रतियोगितासहित देउडा खेल पनि खेलाएको थियो ।

‘सबै महिला तथा बालिकाका लागि अधिकार, समानता र सशक्तीकरण’ भन्ने नारासहित गाउँपालिकाका छवटै वडाका महिला ‘प्लेकार्ड’सहित र्यालीमा सहभागी भएका थिए ।

सहभागीले महिलामाथि हुने हिंसा र विभेदविरुद्धका अन्त्य गर्नुपर्ने मागका ‘प्लेकार्ड’ र ‘ब्यानर’ बोकेका थिए । महिला अधिकारकर्मी तारा चन्दले महिला माथि हुने हिंसा र विभेद अन्त्य गर्न सामूहिक प्रयत्नको खाँचो औल्याएका थिए ।
‘मर्यादित महिनावारी’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा वडा नं ५ की केशरी ऐडी प्रथम भए भने मिठाई खेलमा २ नं वडाकी फागुनी बुढाले जित हात पारे । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कर्ण रोकायाले महिलामाथि हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्न पालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिराखेको जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *