‘द्रौपदी’ को ट्रेलर सार्वजनिक, कर्णाली भेकको जनजीवनको कथा

डिसी नेपाल
२५ फागुन २०८१ ९:१०

काठमाडौं । कर्णाली भेकको जनजीवनको कथामा निर्माण गरिएको फिल्म ‘द्रौपदी’ को ट्रेलर सार्वजनिक गरिएको छ । ऋषिराज आचार्य लिखिति तथा निर्देशीत तीन मिनेट लामो ट्रेलरमा कर्णालीको सुन्दरता, जनजीवन र ब्यथाहरुलाई प्रस्तुत गरिएको छ ।

यसअघि सार्वजनीक टिजर र ‘कर्णाली कटौला’ गीतले चर्चा पाइरहेको बेलामा ०८ चैत्रबाट दर्शकमाझ आउन लागेको ‘द्रौपदी’ को ट्रेलर ल्याइएको हो । रिलिज अघिनै केही अन्तर्राष्ट्रिय फेस्टिभलमा पनि छनोट भएको फिल्म डोल्पाको शे फोक्सुण्डो ताललगायत कर्णाली बिभिन्न स्थानमा खिचिएको हो ।

नारी सम्वेदनात्मक लाग्ने फिल्को ट्रेलरमा प्रमुख अभिनेता निर्देशक स्वयम् ऋषिराज आचार्य,शीर्ष अभिनेत्री आश्विनी शाही,गायक रबि ओड, सुजाता तिमिल्सिना,कबिराज भाम, जेल्सन अधिकारी,बिष्णु ठडराई, प्रकाश ज्ञवाली ,सीता बौडेल,सुरज अधिकारीलगायतका कलाकारलाई देख्न सकिन्छ । निर्देशक आचार्य स्वयम्को लेखन,अनिल महर्जनको सम्पादन,सौरभ शर्माको पाश्र्व संगीत, तथा मोहनकुमार झिल्लुको छायांकन रहेको फिल्मका गीतमा रबि ओड र इन्द्रकला राईको आवाज छ । आर बि मुभिजमा बनेको फिल्मको सहनिर्माता ऋतु आचार्य र बिष्णु ठडराई, अनि निर्मातामा ऋषिराज आचार्य र प्रकाश ज्ञवाली छन् । फिल्मको बितरण एप्पल इन्टरटेन्टमेन्ट,एफडि कम्पनी र रिच इन्टरटेन्टमेन्टले संयुक्त रुपमा गर्दैछन ।

ट्रेलर लिंक:https://youtu.be/UFzYRvh5DJ8




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *