आज सुनचाँदीको मूल्य कति पुग्यो ?

डिसी नेपाल
२५ फागुन २०८१ १०:५१

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर प्रतितोला छापावाल सुन १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुन तोलामा १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदीको मुल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ९८५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मुल्य तोलाको १ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *