पढ्नका लागि ओमान पुगेका अफगानी महिला विद्यार्थीहरू फिर्ता पठाइने जोखिममा

डिसी नेपाल
२५ फागुन २०८१ ११:१५

काठमाडौं । अफगानिस्तानका ८० भन्दा बढी महिला विद्यार्थीहरू उच्च शिक्षाको लागि तालिबान शासनबाट भागेर ओमान पुगेका थिए, तर अब उनीहरू अफगानिस्तान फर्काइने खतरामा छन्।

यसको कारण अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णय हो, जसमा उनले विदेशी सहायता कार्यक्रमको लागि दिइने रकम रोक्ने कुरा गरेका छन्।

यी विद्यार्थीहरूले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग अन्तर्गत छात्रवृत्ति प्राप्त गरेका थिए। तर, राष्ट्रपति ट्रम्पको निर्णयपछि उनीहरूको छात्रवृत्ति समाप्त भयो।

“यो हृदयविदारक थियो,” नाम नबताउने सर्तमा एक विद्यार्थीले बीबीसीलाई भनिन् । “सबै जना छक्क परे र रोए। हामीलाई भनिएको थियो कि हामीलाई अर्को दुई हप्तामा फिर्ता पठाइनेछ।”

करिब चार वर्षअघि अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेको थियो। त्यतिबेला तालिबानले महिलाहरूमाथि कडा प्रतिबन्ध लगाएको थियो। यसमा विश्वविद्यालयहरूमा छात्राहरूको प्रवेशमा पनि प्रतिबन्ध लगाइएको थियो।

सहायता रोक्ने ट्रम्प प्रशासनको निर्णयले केही कानुनी अवरोधहरूको सामना गर्नु परेको छ।

तर ह्वाइट हाउसले युएसएड खारेज गरेपछि र अर्बौं डलरको खर्च कटौती गरेपछि विश्वभर हजारौं मानवीय कार्यक्रमहरू बन्द भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *