युगाण्डाविरुद्ध नेपालको संघर्षपूर्ण एक विकेटको जित

काठमाडौं । नेपालले युगाण्डालाई पराजित गरेको छ। युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिजमा नेपालले आयोजक युगाण्डालाई एक विकेटले पराजित गरेको हो।
युगान्डाले दिएको ७६ रनको लक्ष्य पछाएको नेपालले १९.५ ओभरमा ९ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको युगाण्डाले २० ओभरमा ७ विकेट गुमाउदै ७५ रन बनाएको थियो।
यस सिरिजको दोस्रो खेलमा नेपालको यो पहिलो जित हो । शनिबारदेखि शुरुभएको चार देशीय सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा नामिबियासँग हार बेहोरेको थियो। अब नेपालले अर्को खेल सोमबार हङकङविरुद्ध खेल्ने तालिका रहेको छ।
प्रतिक्रिया
Facebook Comment