पूर्वराजाको स्वागतमा भारतीय नेताको फोटो, प्रधानमन्त्रीका सल्लाहकारको व्यङ्ग्य

डिसी नेपाल
२५ फागुन २०८१ १६:०६

काठमाडौं । राजावादीहरुले पोखराबाट फर्किंदै गरेका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि काठमाडौंमा आयोजना गरेको कार्यक्रममा तस्वीरका कारण प्रश्न उठेको छ । यो तस्वीरलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार विष्णु रिमालले व्यङ्ग्य गरेका छन् ।

पूर्वराजाको स्वागतमा विमानस्थलमा जम्मा भएर जुलुस निकाल्ने राजावादीहरुको कार्यक्रम थियो । यो कार्यक्रममा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री तथा भारतीय जनता पार्टीका नेता योगी आदित्यनाथको तस्वीर प्रयोग भएको थियो । रिमालले यो तस्वीर साझा गर्दै लेखेका छन् ‘राष्ट्रवादी महोदयहरुले र्यालीमा प्रयोग गरेका यी दुई फोटाहरु… ।’

भारतमाथि लामो समयदेखि नेपालको भूमि अतिक्रमण गरेको आरोप लागेको छ । विगत ११ वर्षयता भाजपाको सरकार रहे पनि भूमिसम्बन्धी विवाद सभाधान हुन सकेको छैन । नेपालले संविधान जारी गरेका बेला भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगाएको थियो । त्यो बेला पनि आदित्यनाथ उत्तर प्रदेशका मुख्यमन्त्री थिए । उत्तर प्रदेश भारतबाट नेपालमा सामान आउने आधाजति नाकासँग जोडिएको राज्य हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *